चट्याङसहित देशका केही ठाउँमा भारी वर्षा

चट्याङसहित देशका केही ठाउँमा भारी वर्षा

२०७९, श्रावण ५ बिहिवार

  • 809
    SHARES

  • चट्याङसहित देशका केही ठाउँमा भारी वर्षा

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। 

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    बिहीबार सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०७९, श्रावण ५ बिहिवार०७:०७:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार