आसन्न निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्छ  : महामन्त्री थापा

आसन्न निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्छ  : महामन्त्री थापा

२०७९, श्रावण ५ बिहिवार

  • 785
    SHARES

  • आसन्न निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्छ  : महामन्त्री थापा

    चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताएका छन् ।

    नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ भने । महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताए । 

    उनले भने, “तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।”  तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे  ।  

    आगामी  निर्वाचनका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्छ भने । निर्वाचन अघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए ।

    उनले भने, “यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।” न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उनको भनाइ छ । “तालमेलमा रहेका दलहरूमा खाली सिटको बाँडफाँट हुने । निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसकेपछि आ(आफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्दो रहेछ  भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको २०७४ सालको निर्वाचनबाट देखेका छौँ ।” महामन्त्री थापाले भने, “ निर्वाचनमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।”

    नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उनले बताए । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उनको भनाइ थियो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि काँग्रेसलाई बहुमत आवश्यक रहेको उनले जिकिर गरे ।

    फरक प्रसङ्गमा उनले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसंवत पार्टी चलाउन आफूहरूको दबाब रहेको बताए ।

    २०७९, श्रावण ५ बिहिवार०२:२९:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार