कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी सङ्क्रमित

कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी सङ्क्रमित

२०७९, श्रावण ५ बिहिवार

  • 985
    SHARES

  • कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी सङ्क्रमित

    सोल ।  दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एक सय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । 

    योसँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख ९ हजार नौ सय ८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

    कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चार सय दुई सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या एक सय तीन पुगेको छ । 

    सङ्क्रमणबाट मङ्गलबार १७ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सात सय ९४ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।एजेन्सी ।

    २०७९, श्रावण ५ बिहिवार०४:२१:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार