पुर्वदेखि गण्डकी पहाडसम्म भारी वर्षा, सर्तक रहन आग्रह

पुर्वदेखि गण्डकी पहाडसम्म भारी वर्षा, सर्तक रहन आग्रह

२०७९, श्रावण ६ शुक्रवार

  • 1.2K
    SHARES

  • पुर्वदेखि गण्डकी पहाडसम्म भारी वर्षा, सर्तक रहन आग्रह

    काठमाडौँ । देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

    गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यसका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।

    यसैरी, शनिबार दिउँसो देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

    देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    २०७९, श्रावण ६ शुक्रवार०७:४०:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार