नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरूमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। भारतमा एकैदिन झण्डैँ १८ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्।
भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ। संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ।