आज कहाँ कहाँ पर्दैछ पानी ?

आज कहाँ कहाँ पर्दैछ पानी ?

२०७९, श्रावण ८ आइतवार

  • 1.5K
    SHARES

  • आज कहाँ कहाँ पर्दैछ पानी ?

    काठमाडौँ । आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहनेछ।

    आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै, राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।

    सोमबार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    सोमबार राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    यसैगरी, मंगलबार प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    २०७९, श्रावण ८ आइतवार०७:४०:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार