काठमाडौं । २०७८ सालको एसईई नतिजा प्रकाशन हुने समय नजिकिँदो छ । नतिजा प्रकाशन हुन थोरै मात्र समय बाँकी रहँदा विद्यार्थीको चहलपहल अकस्मात घटेको प्रधानाध्यापकहरुले बताएका छन् ।
यस्तो हुनुको मुख्य कारण भनेको एसईई परीक्षामा थोरै मात्र विद्यार्थी उत्तिर्ण हुँदैछन् भन्ने बजार हल्ला नै हो विश्लेषकको भनाई छ ।

नाम नचलेका कलेजहरुका प्रधानाध्यापकहरु विद्यार्थी कुरेर बस्दा नाम चलेका कलेजमा भने विद्यार्थीहरुको चाप उस्तै नै पाइएको छ ।
यस्तैमा काठमाडौंको नयाँ बानेश्वरबाट शिक्षा छेत्रमा प्रवेश गर्दै नयाँ स्वाद पस्किएको ह्वाइट हाउस कलेज पछिल्लो ५ वर्ष अघि सम्म अप्ठ्यारो अवस्थाबाटै गुज्रिएको थियो । तर पछिल्लो समयमा कलेजले व्यवस्थापकिय क्षमता मात्र बढाएन ।

समग्र शैक्षिक उन्नतिका प्रयासलाई आत्मसाथ गर्दा पुनः टप कलेजको समूहभित्र प्रवेश गरेको छ । बानेश्वरबाट तिनकुनेमा स्थानान्तरण गरेर शैक्षिक गतिविधि बढाएको ह्वाइटहाउसले हाल तिनकुने कोलोनी नै निर्माण गरिसकेको छ ।
क्षमता र रुची अनुसारका विषय पढ्दै रमाईरहेका विद्यार्थी देख्दा यो कलेज उच्च शिक्षका लागि आकर्षक गन्तव्य हुने निश्चित प्रायः देखिएको छ ।

गत साल टपर च्वाईसबाट सम्मानित ह्वाइटहाउस विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप विधामा देशकै १३ नम्बरमा परेको केन्द्रविन्दु डटकम लगाएतको सर्वेक्षणले बताएको छ ।






