काठमाडौं । एसईईको नतिजा प्रकाशन नजिकिँदै गर्दा अभिभावक र विद्यार्थीको मुटुको धडकन अकस्मात बढ्न थालेको महशुस भएको छ । उच्च शिक्षाका लागि आइरन गेट मानिएको यस परीक्षाको महत्व आज पर्यन्त जिवन्त रहिआएको छ ।
विद्यालयमा रहँदाको कडा अनुशासन विर्सिँदै पछिल्लो दुई महिना परीक्षार्थीले धित मर्नेगरि स्वतन्त्रताको उपभोग गरे । उक्त दुई महिनाको समयमा भौतिक पूर्वाधारले सम्पन्न तारे होटल जस्ता कलेज देखि लिएर सामान्य पढ्न मिल्ने सम्मका कलेजमा विद्यार्थीले भ्रमण गरेका छन् ।

यस्तैमा विगत १५ वर्षदेखि बौद्ध क्षेत्रमा लोभलाग्दो प्रगति गर्दै आएको केव्स कलेजमा विद्यार्थीको उल्लेख्य भिड देखिएको छ । पठनपाठनका लागि शान्त एवं आकर्षक वातावरण, पर्याप्त खेलमैदान, आधुनिक प्रयोगशाला, प्रविधिमैत्री वातावरण, दक्ष प्राध्यापक यस कलेजका आकर्षणका केन्द्र हुन् ।
कोरोना महामारीका समयमा केही सुस्ताएको यस कलेजले पुनः शसक्त ढंगले आफुलाई प्रस्तुत गरेको कलेजले बताएको छ । विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पढाई हुने यस कलेजमा हाल १ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका छन् ।

