भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि  

भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि  

२०७९, श्रावण ८ आइतवार

  • 1.2K
    SHARES

  • भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि  

    नयाँ दिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा २० हजार दुई सय ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म  सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । 

    हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख १० हजार पाँच सय २२ पुगेको छ 

    मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ३३  जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ८९ लाखभन्दा बढीको परीक्षण गरिएको छ । 

    सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९विरुद्ध खोप अभियान जारी छ । सोही क्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ । एजेन्सी ।

    २०७९, श्रावण ८ आइतवार०३:०२:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार