पौष २३, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् भने १ हजार ९०३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मत्यु भएको छ । काठमाडौं उपत्यकामा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।