आज देशका पुर्वी पहाडी र पश्चिम तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा

आज देशका पुर्वी पहाडी र पश्चिम तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा

२०७९, श्रावण ९ सोमवार

  • 1.2K
    SHARES

  • आज देशका पुर्वी पहाडी र पश्चिम तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा

    काठमाडौँ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै आज राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    यसैगरी, मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भने राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    २०७९, श्रावण ९ सोमवार०७:२२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार