यमनमा भारी वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु

यमनमा भारी वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु

२०७९, श्रावण ९ सोमवार

  • 1.2K
    SHARES

  • यमनमा भारी वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु

    एजेन्सी । यमनमा अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीमा परी विगत कम्तीमा आठ जनाको मृत्यु भएको छ।

    राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण घर भत्किँदा दुई बालिकाको ज्यान गएको थियो भने धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको छ।

    जारी गृहयुद्धका बीच भारी वर्षा र बाढीले थप क्षति पुर्‍याएको तथा सफा खानेपानी र सरसफाइका धेरैजसो पूर्वाधारलाई भत्काएकाले वर्षायाममा महामारी फैलने सक्ने भन्दै स्थानीयवासी चिन्तित देखिएका छन्।

    २०७९, श्रावण ९ सोमवार०७:२८:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार