बहुविवाह गर्ने पक्राउ

बहुविवाह गर्ने पक्राउ

२०७७, पौष २३ बिहिवार

  • 925
    SHARES

  • बहुविवाह गर्ने पक्राउ

    पौष २३, सप्तरी । 

    जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो. इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ ।

    इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमती सैरुन खातुनको उजुरीमा बहुविवाह गरी कञ्चनरुपस्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमती हसिनालाई पक्राउ गरिएको जानकारी दिए ।

    कान्छी श्रीमती हसिना सुनसरीको भोक्राहा गाउँपालिका–३ का मन्सी मिंयाकी छोरी हुन् ।

    भोक्राहामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आरोपित पतिले कान्छी श्रीमती भन्दै घर भित्र्याएको पीडितले बताए ।

    पीडित सप्तरीको खडक नगरपालिका–१० फुलबडियास्थित माईत विस्थापित हुन् । उनको १२ वर्षीय छोरा छन् ।

    २०७७, पौष २३ बिहिवार०७:१०:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार