नदीमा बस खस्दा केन्यामा २४ को मृत्यु

नदीमा बस खस्दा केन्यामा २४ को मृत्यु

२०७९, श्रावण ९ सोमवार

  • 1.1K
    SHARES

  • नदीमा बस खस्दा केन्यामा २४ को मृत्यु

    नैरोवी । नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ ।  राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

    घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ ।

    देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो । बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।  

    दुर्घटनाको स्पष्ट कारण नखुलेपनि बस तिव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।-एजेन्सी ।

    २०७९, श्रावण ९ सोमवार०५:०९:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार