आज कहाँ कहाँ पर्दैछ भारी वर्षा ?

आज कहाँ कहाँ पर्दैछ भारी वर्षा ?

२०७९, श्रावण १० मंगलवार

  • 733
    SHARES

  • आज कहाँ कहाँ पर्दैछ भारी वर्षा ?

    काठमाडौँ । मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ।

    दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

    राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    बुधबार देशभर बदली रहनेछ। पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ।

    २०७९, श्रावण १० मंगलवार०७:१५:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार