गृहको निश्कर्षः एमाले-माओवादी मिले प्रत्यक्षतर्फ १४५, काँग्रेस -माओवादी मिल्दा १०९ सिट मात्र

गृहको निश्कर्षः एमाले-माओवादी मिले प्रत्यक्षतर्फ १४५, काँग्रेस -माओवादी मिल्दा १०९ सिट मात्र

२०७९, श्रावण १० मंगलवार

  • 1.2K
    SHARES

  • गृहको निश्कर्षः एमाले-माओवादी मिले प्रत्यक्षतर्फ १४५, काँग्रेस -माओवादी मिल्दा १०९ सिट मात्र

    काठमाडौँ । आसन्न संघीय संसदको निर्वाचनलाई लिएर सम्पूर्ण राजनीतिक दल एवं निकायहरु सर्वेक्षणमा व्यस्त देखिएका छन् । 

    निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो  ।

    गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ । 

    एक्ला एक्लै निर्वाचनमा गए काँग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ । त्यसैगरी एमालेले ७० सिट र माओवादीले ८ सिट जित्ने रिपोर्ट निकालिएको छ । 

    मन्त्रालयले यसको अलवा अर्को रिपोर्ट पनि बनाएको छ । सो रिपोर्टअनुसार माओवादी केन्द्र जता मिल्यो उतै भारी बहुमत आउने देखिएको छ । 

    एमाले र माओवादी मिल्दा करिब दुई तिहाइ बहुमत आउने तथ्याङ्कले देखाएको छ । 

    एमाले र माओवादी मिल्दा १४५ सिट आउने र काँग्रेस र माओवादी मिल्दा १०९ सिट मात्र जित्ने सो तथ्याङ्कले देखाएको छ । 

    गत हप्ता नै गृहमन्त्री बालकृष्ण खाँडले कांग्रेस बैठकमा सर्वेक्षणको रिपोर्ट प्रस्तुत गरेका थिए । 

    २०७९, श्रावण १० मंगलवार०७:४२:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार