एसईई नतिजा भोलि सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

एसईई नतिजा भोलि सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

२०७९, श्रावण १० मंगलवार

  • 1.2K
    SHARES

  • एसईई नतिजा भोलि सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?

    काठमाडौँ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । 

    परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग-अलग गरिने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ  न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ । नतिजा सार्वजनिक भएको एक(दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात् मार्कसिट पुग्नेछ । 

    यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ  ।

    परीक्षार्थीको प्राप्ताङ्क अनुसार ९० भन्दा माथि ल्याउनेलाई  ‘ए’ प्लस ग्रेड मानिने छ, जसलाई जीपीए ४ दिइनेछ । ८० देखि ९० अङ्कसम्मकालाई  ‘ए’ ग्रेड  मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ । त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई  ‘बी’ प्लस ग्रेड मानिने छ, जसलाई जीपीए ३.२ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २.८ दिइनेछ ।

    ५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिइन्छ र जीपीए २.४ मानिनेछ । ४० देखि ५० अङ्कसम्मकालाई  ‘डी’ प्लस ग्रेड मानिने र जीपीए २ दिइनेछ । त्यस्तै ३५ देखि ४० सम्मकालाई  ‘डी’ ग्रेड मानिने र जीपीए १.६ दिइनेछ ।

    ३५ अङ्कभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन । यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिने छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।

    परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए। नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा http://www.see.gov.np/ मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरू विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

    २०७९, श्रावण १० मंगलवार०८:४७:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार