शान्त लुम्बिनीको अलग्गै चाल, शिक्षा छेत्रमा मार्दैछ छलांग

शान्त लुम्बिनीको अलग्गै चाल, शिक्षा छेत्रमा मार्दैछ छलांग

२०७९, श्रावण १० मंगलवार

  • 6.4K
    SHARES

  • शान्त लुम्बिनीको अलग्गै चाल, शिक्षा छेत्रमा मार्दैछ छलांग

    काठमाडौं । प्रविधिक गडबडी भएन भने सम्भवतः कक्षा १० पश्चातको एसईई २०७८/७९ को नतिजा भोलि बुधवार सम्ममा प्रकाशित हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ । 

    कक्षा ११ मा विद्यार्थी भर्ना गराउनका लागि कलेजहरु तँछाडमछाडको तयारी अवस्थामा छन् । चिटिक्क बेहुली जस्तै सिंगारिएका कलेजहरु आकाशको तारै झारुँला झैँ गरेर विद्यार्थीलाई मन्त्रमुग्ध बनाउनमा व्यस्त देखिन्छन् ।

    2.jpg

    सामाजिक संजालदेखि लिएर टेलिभिजन, एफएम रेडियो, अनलाईन र छापा पत्रिकाका साथै पोल व्यानर र पर्चाले उपत्यकालाई नै दुलही जस्तै सिंगारिएको अवस्था छ । कलेजका प्रोस्पेक्टसमा विभिन्न प्राध्यापकका अन्तरवार्ता देखि लिएर कलाकार, खेलाडी सम्मका विचार भेटिँदा उत्कृष्ट कलेज ठम्याउनै विद्यार्थीलाई मुस्किल देखिएको छ । 

    यस्तैमा शिक्षाका लागि महत्वपूर्ण स्थल र चोकको रुपमा स्थापित रिंगरोड भित्र र बाहिर दुवैतर्फका विद्यार्थीको आकर्षणको केन्द्रमा रहेको चावहिलमा अवस्थित शान्त देखिने लुम्बिनी कलेजको अवस्था भने लोभलाग्दो देखिएको छ । न त टेलिभिजन, अनलाईनमा विज्ञापन, न त पोलमा व्यानर नै सजिएका छन् ।

    5.jpg

    यता बजारको भड्किलो हाउभाउ हेर्दा लुम्बिनीको शान्तपन देखेर प्रश्न गर्नेहरु नभेटिएका हैनन् । तर कलेज पुग्दा कक्षा ११ का लागि बुझ्न आउने विद्यार्थीको ताँती देख्दा तडकभडक हैन विद्यार्थी तथा अभिभावको मनमा बस्न सक्नु पर्दो रहेछ । उनीहरुलाई सुरक्षित रहेको आभास गराउन सक्नु पर्ने रहेछ भन्ने सन्देश लुम्बिनीको सरलपनले दिएको पाइन्छ ।

    करिव ५० आना आफ्नै क्षेत्रफल सहित विभिन्न अन्य भवन हुँदै केएल टावर सम्म फैलिएको लुम्बिनी हेर्दा शैक्षिक अभियन्ता रविन चन्द्र कोईरालालाई थप उर्जा दिन सके शिक्षा क्षेत्रमै नयाँ फड्को मार्न सक्ने कुरालाई नकार्न सकिँदैन । लुम्बिनी किन्डरगार्टेन, विद्यालयतह हुँदै स्नातक एवं स्नातकोत्तर तह सम्मको यस शैक्षिक संस्थामा हाल करिव २ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका छन् ।

    4.jpg

    वि.सं २०६३ सालमा कक्षा ११ को पढाई शुरु गरेको यस कलेजले २०६५ मा स्नातक तथा २०७२ सालबाट स्नातकोत्तर तहको पढाई शुरु गरेको हो । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा पढाई हुने यस कलेजको स्नातक तहमा बिबिएस, बिसिए, बिबिएमका साथै स्नातकोत्तर तहमा एमबिएसको पढाई चलिरहेको छ । 

    आफ्नै फुटसल ग्राउण्ड रहेको यस कलेजमा योग्यतम प्राध्यापकहरुको टिमद्धारा गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बाँकी नराखिएको प्राचार्य रविन कुमार भट्टराईको भनाई छ ।

    3.jpg

    काँचोमाटो जस्ता विद्यार्थी लुम्बिनी प्रवेश गरेपछि बजारमा बिक्न सक्ने स्मार्ट जनशक्तिको रुपमा रुपान्तरण गराउन सक्नु नै यस कलेजको महत्वपूर्ण आकर्षण केन्द्र रहेको पनि उनको भनाई छ । जसका लागि विविध तालिमका साथै विदेश पढ्न चाहने विद्यार्थीलाई समेत सहजिकरण गर्दै आएको भट्टराईले बताएका छन् । 

    6.jpg7.jpg

    २०७९, श्रावण १० मंगलवार०९:५५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार