अमेरिकामा एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

अमेरिकामा एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

२०७९, श्रावण १० मंगलवार

  • 1.1K
    SHARES

  • अमेरिकामा एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

    लस एन्जेलस । अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स ९एएपी० र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको बताइएको छ ।

    उक्त संस्थाहरुले गएको ४ हप्तामा मात्र यहाँ कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको पाइएको छ । यहाँ सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको देखिएको एएपीले जनाएको छ ।

    यहाँ उमेर समूहअनुसार कसलाई कुन रुपमा कोभिडको सङ्क्रमण भयो र के कस्तो असर ग¥यो भन्ने विषयको अनुसन्धान आवश्यक रहेको देखिएको बताइएको छ । सो सम्बन्धी अनुसन्धानबाट बालबालिकामा देखिएको कोभिडको असरका साथै मानसिक तथा अन्य असर पत्ता लगाउनुपर्नेमा पनि सो संस्थाले जोड दिएको छ ।

    कोभिडको सङ्क्रमण सुरु भएपछि अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ । यसको असर यहाँ बालबालिकामा पनि परेको स्वस्थ्य अधिकारीहरुको भनाई छ ।एजेन्सी ।

    २०७९, श्रावण १० मंगलवार०१:४३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार