एसइईको नतिजा आज, ३५ अङ्क नल्याए फेल 

एसइईको नतिजा आज, ३५ अङ्क नल्याए फेल 

२०७९, श्रावण ११ बुधवार

  • 1.3K
    SHARES

  • एसइईको नतिजा आज, ३५ अङ्क नल्याए फेल 

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गर्ने भएको छ।

    मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा टुङ्गो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए

    गत वैशाख ८ गते सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरू सहभागी भएका थिए । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अङ्क नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्याङ्कनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। 

    कोभिड महामारीका समयमा अघिल्ला दुई वर्ष विद्यालयको स्वमूल्यांकनका आधारमा विद्यार्थी उत्तिरण भएका थिए । सो मूल्यांकनका कारण विद्यार्थीले नपढेपनि एसईई पास भईन्छ भन्ने मनोविज्ञान हावी हुन थालेको थियो । 

    २०७९, श्रावण ११ बुधवार०७:४०:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार