लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ :  नेता डा.कोइराला

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ :  नेता डा.कोइराला

२०७९, श्रावण ११ बुधवार

  • 1.2K
    SHARES

  • लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ :  नेता डा.कोइराला

    पर्सा । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत वैशाखमा सम्पन्न  स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन्  । 

    नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेसले नेकपा(माओवादी केन्द्र)ले भने जस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भने ।  

    उनले भने “सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरूको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई अगाडि बढाउन जरुरी छ । ” 

    २०७९, श्रावण ११ बुधवार०२:३२:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार