एसइईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा

एसइईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा

२०७९, श्रावण ११ बुधवार

  • 1.3K
    SHARES

  • एसइईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)को नतिजा सार्वजनिक भएको छ ।

    शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो ।

    सार्वजनिक नतिजाअनुसार उच्च जिपिए ल्याउन ९ हजार ६३३ जना रहेका छन् ।

    यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ‘ए प्लस’ ल्याउने ९ हजार ६३३ जना रहेका छन्।

    त्यस्तै, ए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ छ।

    एसइईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।

    यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ।

    नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

    22.png

    २०७९, श्रावण ११ बुधवार०४:०९:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार