कलेज एक्सिलेन्स अवार्ड सेन्ट लरेन्स कलेजलाई

कलेज एक्सिलेन्स अवार्ड सेन्ट लरेन्स कलेजलाई

२०७९, श्रावण ११ बुधवार

  • 1.6K
    SHARES

  • कलेज एक्सिलेन्स अवार्ड सेन्ट लरेन्स कलेजलाई

    काठमाडौं । चावहिलमा अवस्थित सेन्ट लरेन्स बहुमुखी क्याम्पस कलेज एक्सिलेन्स अवार्डद्धारा सम्मानित भएको छ । 

    बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा भारतीय अन्तर्राष्ट्रिय शैक्षिक संस्था हिमाक्षरा र नेपालको शिक्षालय राष्ट्रिय मासिकले संयुक्त रूपमा आयोजना गरेको १४ औँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सेन्ट लरेन्सलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

    प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड २०२२ अन्तर्गत विभिन्न विधाहरूमा छनोटमा परेका शैक्षिक संस्था तथा व्यक्तिहरूले फरक फरक विधाका अवार्ड हात पार्दा एक्सिलेन्स अवार्ड सेन्ट लरेन्सले पाएको हो।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कलेजका अध्यक्ष केशव प्रसाद दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई संयुक्त रूपमा सो अवार्ड प्रदान गरेकी हुन् । लामो शैक्षिक अनुभव र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको आधारमा सेन्ट लरेन्स कलेजलाई सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

    भारतीय शैक्षिक संस्था हिमाक्षराबाट डा. एपी जे अब्दुल कलाम अवार्ड २४ व्यक्ति र शैक्षिक संस्थालाई प्रदान गरिएको थियो भने नेपालको शिक्षालयले नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको सम्मानमा प्रेसिडेन्ट ईन्टरनेशनल एजुकेसनल अवार्डबाट २१ विधामा विभिन्न शैक्षिक व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो।

    सो सम्मेलनमा नेपाल, भारत, साउदी अरेबिया, युएई लगायतका देशका विद्यार्थीहरू, शैक्षिक संस्था, प्राचार्य तथा शिक्षक शिक्षिकाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।

    विद्यार्थी तर्फ आउटस्ट्यान्डिंग स्टुडेन्ट अवार्ड साउदिअरबका कक्षा ६ मा अध्ययनरत छात्र अव्दुल मुजिव दुवेयरले प्राप्त गरे । 

    २०७९, श्रावण ११ बुधवार१०:५३:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार