आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

२०७९, श्रावण १२ बिहिवार

  • 1.0K
    SHARES

  • आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

    काठमाडौँ । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ।

    दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ।

    शुक्रबार देशभर बदली रहनेछ। मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ।

    २०७९, श्रावण १२ बिहिवार०७:११:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार