सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

२०७९, श्रावण १२ बिहिवार

  • 1.1K
    SHARES

  • सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

    सियोल । दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ ।

    समसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर)पुगेको जनाएको छ ।

    यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व सङ्कलनलाई सङ्केत गरेको छ ।

    यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो ।

    कम्पनीको यो बर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन (१०.८ अर्ब डलर) पुगेको जनाइएको छ ।

    यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो ।एजेन्सी ।

    २०७९, श्रावण १२ बिहिवार१२:४४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार