भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

२०७९, श्रावण १२ बिहिवार

  • 1.5K
    SHARES

  • भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

    नयाँ दिल्ली । बितेको २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

    विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ । देशभर एक लाख ४६ हजार तीन सय २३ सक्रिय सङ्क्रमित छन् ।

    पछिल्लो एक दिनमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ ।

    कोरोना सङ्क्रमणबाट पछिल्लो एक दिनमा ४४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ११ जनाको मृत्यु भएको छ ।

    महामारी सुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ ।

    अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।एजेन्सी ।

     

    २०७९, श्रावण १२ बिहिवार०४:०१:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार