एसइई नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने 

एसइई नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने 

२०७९, श्रावण १३ शुक्रवार

  • 1.3K
    SHARES

  • एसइई नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने 

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजामा चित्त नबुझे पुनर्योगका लागि आगामी २७ गतेसम्म निवेदन दिन भनेको छ।

    बोर्डले सूचना जारी गर्दै साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेड वृद्धि समूहबाट परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेमा साउन २७ भित्र निवेदन दिन आग्रह गरेको हो। निवेदनका लागि ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

    पुनर्योग गर्न चाहनेले ग्रेड सिट वा ग्रेड लेजरको प्रतिलिपि र प्रवेशपत्रको प्रतिलिपि साथै संलग्न गर्नु पर्नेछ ।

    २०७९, श्रावण १३ शुक्रवार०८:२६:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार