काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन्।
नेपालमा अमेरिकी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)’ को मुद्दा पेचिलो बनिरहेका बेला लु नेपाल भ्रमणमा आएका हुन्।
उनी हिजो काठमाडौँ आइपुगेका थिए।
विदेशमन्त्री लु एमसिसी पास गर्नुअघि पनि नेपाल आएका थिए।
एसपिपी अघि नबढाउने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको महिना दिन नाघिसक्दा पनि स्वीकार गर्न दबाब दिँदै आएको अमेरिकाका उच्च प्रतिनिधि नेपालमै आएर उच्चस्तरीय भेटवार्ता गर्न थालेपछि आशंका उब्जिएको छ।
नेपालले एसपिपी स्वीकार नगर्ने भनेर मन्त्रिपरिषद बैठकबाटै निर्णय गरे पनि औपचारिक रुपमा पत्र भने पठाएको छैन।