प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेटवार्ता

प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेटवार्ता

२०७९, श्रावण १४ शनिवार

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला सहायक विदेश मन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।  

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको भेटमा उनीहरुबीच नेपाल–अमेरिका मैत्रिपूर्ण र सहयोग सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाललाई अमेरिकाको निरन्तर विकास सहयोगका लागि धन्यवाद दिँदै उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षासमेत गरेका थिए । 

    यसअघि आजै सहायक विदेश मन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए । बिहिबार साँझ नेपाल भ्रमणमा आएका सहायक विदेश मन्त्री लुले यस अघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका छन् ।  

    यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूताबासले जनाएको छ ।

    २०७९, श्रावण १४ शनिवार०७:५२:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार