यी ४ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

यी ४ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

२०७९, श्रावण १४ शनिवार

  • 1.0K
    SHARES

  • यी ४ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ । देशका केही स्थानहरूमा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नम्बर-१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास छ । पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    २०७९, श्रावण १४ शनिवार०८:२६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार