मस्कोमा १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु

मस्कोमा १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु

२०७९, श्रावण १४ शनिवार

  • 1.2K
    SHARES

  • मस्कोमा १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु

    नयाँ दिल्ली । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् ।

    दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

    भवनको भुईँ तल्लाबाट आगलागी भएको थियो । मध्यरातपछि आगो निभाइएको थियो । आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो ।

    भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकाले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीलेको भनाई उदृत गर्दै समाचारमा जनाइएको छ । -एजेन्सी ।  

    २०७९, श्रावण १४ शनिवार०९:०७:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार