‘आगामी २४ घण्टामा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना’

‘आगामी २४ घण्टामा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना’

२०७९, श्रावण १५ आइतवार

  • 1.2K
    SHARES

  • ‘आगामी २४ घण्टामा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना’

    काठमाडौँ । देशभर सामान्य बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली भइ अधिकांश भू–भागमा मेघगर्जनरचट्याङ हल्कादेखि मध्यम वर्षा हुनेछ।

    साथै प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

    हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको बताइएको छ।

    आगामी २४ घण्टा देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरेखोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

    रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १ तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। -रासस

    २०७९, श्रावण १५ आइतवार०७:४३:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार