पृथ्वीमा खस्यो चिनियाँ रकेटको भग्नावशेष

पृथ्वीमा खस्यो चिनियाँ रकेटको भग्नावशेष

२०७९, श्रावण १५ आइतवार

  • 1.2K
    SHARES

  • पृथ्वीमा खस्यो चिनियाँ रकेटको भग्नावशेष

    एजेन्सी । चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीले जनाएका छन् ।

    यसअघि अन्तरिक्ष विज्ञहरूले चीनको अन्तरिक्ष एजेन्सीमा रकेट अवतरणको सम्भावना रहेको भन्दै लङ मार्च ५ का अधिकांश अवशेष वायुमण्डलमा जलेको बताएका थिए ।

    अन्तरिक्ष विज्ञहरूले जनसंख्या भएको क्षेत्रमा रकेट अवतरणको सम्भावना निकै कम रहेको बताएका थिए । प्रशान्त महासागरमा रहेको सुलु सागरलाई पुनः प्रवेश गर्ने स्थानको रूपमा पहिचान गरेका थिए ।

    रकेटको कोर स्टेजको अनियन्त्रित फिर्तीले अन्तरिक्ष फोहरको जिम्मेवारीको बारेमा सर्वत्र प्रश्न खडा गरेको छ ।

    एक ट्वीटमा अमेरिकी अन्तरिक्ष कमाण्डले लङ मार्च ५ हिन्द महासागरमा पुनः प्रवेश गरेको जनाएको छ ।

    २०७९, श्रावण १५ आइतवार०८:१३:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार