एसईई पूरक परीक्षा भदौ ११ र १२ गते

एसईई पूरक परीक्षा भदौ ११ र १२ गते

२०७९, श्रावण १५ आइतवार

  • 1.6K
    SHARES

  • एसईई पूरक परीक्षा भदौ ११ र १२ गते

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना जारी गर्दै ग्रेडवृद्धि (पुरक) परीक्षा मिति तोकेको हो ।

    सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुले बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि (पुरक) परीक्षामा दिन पाउनेछन् । परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी भदौ ५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।

    अन्तिम ग्रेडमा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडवृद्धि पुरक परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुनेछ ।

    २०७९, श्रावण १५ आइतवार०९:३५:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार