पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७९, श्रावण १६ सोमवार

  • 1.3K
    SHARES

  • पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    भरतपुर । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । 

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । 

    अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेको छ । 

    २०७९, श्रावण १६ सोमवार०७:२५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार