आज देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

आज देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

२०७९, श्रावण १६ सोमवार

  • 1.5K
    SHARES

  • आज देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

    काठमाडौँ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    २०७९, श्रावण १६ सोमवार०८:१३:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार