एमालेले आज महङ्गी र भ्रष्टाचार विरुद्ध जनप्रदर्शन गर्दै

एमालेले आज महङ्गी र भ्रष्टाचार विरुद्ध जनप्रदर्शन गर्दै

२०७९, श्रावण १६ सोमवार

  • 1.2K
    SHARES

  • एमालेले आज महङ्गी र भ्रष्टाचार विरुद्ध जनप्रदर्शन गर्दै

    काठमाडौं । प्रमुख प्रतिपछी पार्टी नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौंमा आज जनप्रदर्शन गर्ने भएको छ।

    सर्वोच्च अदालतको परमादेश पछि निमार्ण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। त्यस्तै सरकारका हरेक निकायमा भ्रष्टाचार मौलाएको पनि एमालेले जनाएको छ । 

    दिउँसो २ बजे जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ।

    वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यकाका तीन जिल्ला पार्टी कमिटी, विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू, जनसंगठनहरु लगाएतको जनसहभागिता रहनेछ ।

    २०७९, श्रावण १६ सोमवार०८:३८:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार