युवा संघ नेपालको महासचिवमा क्षितिज थेबे

युवा संघ नेपालको महासचिवमा क्षितिज थेबे

२०७९, श्रावण १६ सोमवार

  • 2.8K
    SHARES

  • युवा संघ नेपालको महासचिवमा क्षितिज थेबे

    काठमाडौ । नेकपा एमालेको जुझारु जनवर्गीय संगठन युवा संघ नेपालको महासचिवमा ताप्लेजुङ निवासी क्षितिज थेबे चयन भएका छन् । उनी यस अघि उपाध्यक्ष थिए । 

    काठमाडौंमा शनिवार र आइतवार गरि दुई दिन चलेको संघको केन्द्रीय कमिटी बैठकले थप कार्य विभाजन गरेको हो । बैठकले १० उपाध्यक्ष सहित १८ जना पदाधिकारी चयन समेत गरेको छ । संघका अध्यक्षमा किरण पौडेल यथावत छन् भने यसअघिका महासचिव रमेश आचार्य जिम्मेवारीबाट बाहिरिएका छन् । 

    नवौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि आयोजक कमिटीको हैसियतमा रहेको कमिटीको उपाध्यक्षहरुमा सुजित कुमार झा,सुरज, क्रान्ति बुर्लाकोटी, अमित लामा, सन्तोष रावल, अन्जना अधिकारी, उर्मिला सुनुवार सुनुवार, कृष्णहरी के.सी., सुमन पुरी, पुष्पराज श्रेष्ठ र रामजी सापकोटा चयन भएका छन् ।

    यस्तै उपमहासचिवमा रमेश तिवारी र विजय डाँगी चयन भए भने विकास ज्ञवाली, सीता सुवेदी, बैजनाथ शाह, विष्णा चन्द सचिवमा चयन भएका संघले बताएको छ । 

    २०७९, श्रावण १६ सोमवार०९:४८:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार