कोरोना सङ्क्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

कोरोना सङ्क्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

२०७९, श्रावण १६ सोमवार

  • 1.1K
    SHARES

  • कोरोना सङ्क्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

    वासिङ्टन। छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् ।

    अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उहाँ आइसोलेसनमा बस्नुभएको छ ।

    जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका उहाँ आइसोलेसनबाट निस्किएलगत्तै पुनः आइतबार उहाँ सङ्क्रमणमा पर्नुभएको थियो ।दिनमात्र अघि आइसोलेसनबाट निस्किनुभएका उहाँलाई शनिबार परीक्षण गर्दा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा केभिन ओ कनरले जानकारी दिएका हुन् ।

    डा कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बस्नुभएको छ । तर उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको डा कनरले बताएका छन् ।उनले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बस्नुभएको छ र उहाँले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्नुहुने भएको छ ।

    उनान्असी वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताउनुभएको छ ।उहाँले ट्वीट गर्दै आफू स्वस्थ रहेको तर अरुलाई कसैलाई असर नगरोस भनेर आफू जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आइसोलेसनमा बसेको बताउनुभएको छ ।-एजेन्सी ।

    २०७९, श्रावण १६ सोमवार१२:२५:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार