देशका धेरै स्थानमा भारी वर्षा

देशका धेरै स्थानमा भारी वर्षा

२०७९, श्रावण १७ मंगलवार

  • 1.0K
    SHARES

  • देशका धेरै स्थानमा भारी वर्षा

    काठमाडौँ । देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

    साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    २०७९, श्रावण १७ मंगलवार०८:०५:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार