काठमाडौं । एसईई नतिजासँगै कक्षा ११ पढ्न चाहने विद्यार्थीहरु कलेज भ्रमणमा व्यस्त छन् । कोरोना महामारीले अभिभावकको आम्दानी खुम्चँदै गएपछि सर्वसुलभ रुपमा र राम्रो पढाईहुने कलेजको छनोटमा दिनरात नभनि विद्यार्थी भौँतारिरहेका छन् ।
यस्तैमा सोमवार दिउँसो १ हुल विद्यार्थी लोकदोहोरी भाकाको गित गाउँदै काठमाडौंको शान्तिनगर स्थित युनिभर्सल कलेज प्रवेश गर्दा केही अनौठो अनुभुति हुन्थ्यो । सायद कुनैंँ ब्रिजकोर्स पढ्ने विद्यार्थीको समूह संगठित रुपमा जम्मा भएर कलेज भ्रमणमा आएका होलान् ।

तर परिस्थिति फरक थियो, कलेजले भ्रमणमा आएका र इच्छुक करिव ८० जना विद्यार्थीलाई एउटा कक्षामा राखेर प्रविधि सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिरहेको छ । सोही कार्यक्रममा भाग लिन आउँदै गरेका विद्यार्थी बाटामै चिनजान गरेर युनिभर्सल आइपुगेका रहेछन् । संयोगले सबै पश्चिम र मध्यपश्चिम नेपालका, त्यसपछि दोहोरी त घन्किने नैँ भयो भन्दै एकैछिन रमाइलो हाँसोठट्टा चल्यो ।

दोहोरीकै भाकामा विद्यार्थीले "यहाँ केवाईसी चल्दैछ, उता हामी कलेज खोज्दैछ ।
यहाँ टेक्ट्रिक्स चल्दैछ, उता विद्यार्थी कता कुद्दैछ । यहाँ टेक्ट्रिक्स चल्दैछ, हामी पनि प्रविधि जान्न खोज्दैछ ।।" .......................भन्दै डाईरेक्टर सिआर दवाडीलाई गोलो घेरा बनाएर परिक्रमा गरि नाचगानका साथ रमाईलो मान्दै भर्ना गर्न तयार हुँदा फर्म लिन आएका विद्यार्थी समेत सेल्फी खिच्न तँछाडमछाड देखिन्थे ।

केवाईसी अर्थात अन्तरराष्ट्रिय रुपमै सफल भईसकेका व्यक्तित्वहरु सँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम, जसको सफलताका लागि कलेजले ५० वटा भन्दा बढि टक शो र अन्य कार्यक्रम संचालन गर्दछ । त्यस्तै प्रविधिको राजा मानिने टेक्ट्रिक्सले प्रविधिको सपना देख्दैगरेका विद्यार्थीलाई प्राप्तिकै बाटोमा डोहोर्याउने गरेको छ ।
यी कार्यक्रम देखेर पनि अब्बल बन्न सकिने अवसर भएरै होला यहाँ विद्यार्थीको भिड लाग्ने गरेको दवाडी सुनाउँछन् ।

उपत्यकामा रहेका थोरै कलेज मध्येको उत्कृष्ट पुर्वाधार, खेलमैदान, आई टि सर्वर, विज्ञान प्रयोगशाला, कलेज वातावरण लगाएतले गर्दा केएमसी नेटवर्क अन्तर्गतको युनिभर्सल कलेज उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि नयाँ आकर्षक गन्तव्य बनेको छ ।

उच्च माविका सम्पूर्ण पक्षलाई लिएर हालै गरिएको एक सर्वेक्षण तथा खोजमा केएमसीले देशभरकै उत्कृष्ट दोस्रो कलेजको स्थान प्राप्त गरेको छ भने प्रसादी कलेजले प्रथम स्थान हासिल गरेको थियो ।



