लगातारको झरिका कारण नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

लगातारको झरिका कारण नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

२०७९, श्रावण १८ बुधवार

  • 1.0K
    SHARES

  • लगातारको झरिका कारण नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

    काठमाडौँ । करिव २३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ(मुग्लिन सडक खण्ड पुन : अवरुद्ध भएको छ । पहिरोका कारण सडक खुलेको साढे चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो ।  ।

    सोमबार राती ११ बजे देखि बन्द सडक मंगलबार ९ : ४० तिर सञ्चालनमा आएको थियो । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केराबारी (मौरी खोल पुल नजिकै) बर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ अवरोध भएको छ ।

    हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो । रातिको पहिरोका कारण नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एक ईण्डियन मिनी ट्रकको पछाडिको चक्का सामान्य रूपमा पुरिएको छ ।

    माथिबाट झरेको लेदोमा चक्का फस्न गई पुरिएपनी मानिसहरू बाहिर निस्किसकेकाले कुनै मानवीय क्षति भएको छैन । अहिले बाटो खुलाउने पहल भइरहेको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् । 

    २०७९, श्रावण १८ बुधवार०७:०१:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार