इरानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

इरानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

२०७९, श्रावण १८ बुधवार

  • 1.3K
    SHARES

  • इरानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

    तेहरान । इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ ।

    देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।  

    इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिनुभयो । 

    बेपत्ता भएकाहरूको अझै पनि खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको उहाँको भनाई छ । 

    इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् । 

    बाढी पहिरोले १६७ क्षेत्र, १३० सहर, १३ सय ८६ गाउँ र १५३ सडक प्रभावित भएको पनि जनाइएको छ । यस अवधिमा ६१ हजार १२७ जनालाई राहत सामग्री पनि उपलब्ध गराइएको छ । -एजेन्सी । 

    २०७९, श्रावण १८ बुधवार०९:०१:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार