प्रधानमन्त्री ओली धनगढी जाँदै, स्वास्थ्यको गरे बेपरवाह 

प्रधानमन्त्री ओली धनगढी जाँदै, स्वास्थ्यको गरे बेपरवाह 

२०७७, पौष २४ शुक्रवार

  • 1.9K
    SHARES

  • प्रधानमन्त्री ओली धनगढी जाँदै, स्वास्थ्यको गरे बेपरवाह 

    पौष २४, काठमाडौं । 

    प्रधानमन्त्री केपी शर्मा ओली पार्टी जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् ।

    उनी आज धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली राजनीतिक कार्यक्रममा व्यस्त देखिएका छन् । 

    स्वास्थ्य अवस्था भरखर सुधार हुँदै गएकाले बाक्ला कार्यक्रम राखेर लामा लामा भाषण नगर्न स्वास्थ्यकर्मीले सचेत गराए पनि उनले टेरेका छैनन् । 

    देशभरि नै प्रधानमन्त्री तथा पार्टी अध्यक्षको माग अत्यधिक रहेकाले प्रधानमन्त्रीलाई चटारो बढेको केन्द्रीय सदस्य तथा युवा संघ नेपाल सह संयोजक रमेश पौडेलले बताएका छन् ।

    पार्टीका केहि थान स्वार्थी नेताका लागि मात्र प्रधानमन्त्री बैगुनी देखिनु भयो नत्र देशैभरि जनताले ओलीलाई एकपटक देख्न पाए हुन्थ्यो, भेट्न पाए हुन्थ्यो, सुन्न पाए हुन्थ्यो भनेर आतुर रहेका पनि पौडेलले सुनाए ।

    मर्न त सबै मर्ने नै हो म पनि एकदिन मर्छु तर समृद्ध मुलुक बनाएर मात्र मर्न पाए हुन्थ्यो ओलीले केहि दिन अगाडीको भाषणमै भनेका थिए ।   

    नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ ।

    जनसभाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था पनि चुस्त रहेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

    जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरीसहित अन्य नेताहरु पनि केही दिनदेखि धनगढीमै केन्द्रित भएका छन् ।

    २०७७, पौष २४ शुक्रवार१०:०१:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार