सप्तकोसीको बाँध फुट्यो, उदयपुर, सुनसरी र सप्तरीका केही पालिका जोखिममा

सप्तकोसीको बाँध फुट्यो, उदयपुर, सुनसरी र सप्तरीका केही पालिका जोखिममा

२०७९, श्रावण १८ बुधवार

  • 1.5K
    SHARES

  • सप्तकोसीको बाँध फुट्यो, उदयपुर, सुनसरी र सप्तरीका केही पालिका जोखिममा

    काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ।

    उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।

    यो सँगै बेलका नगरपालिका १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले जानकारी दिए।

    अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गरिएकाले कुनै पनि मानवीय क्षति नभएको घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए।

    सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेको प्रजिअ यादवले बताए।

    उनले सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएकोसमेत जानकारी दिए।

    नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएको थियो।

    २०७९, श्रावण १८ बुधवार०९:१८:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार