काठमाडौँ ।
आफ्नो चिताको सिरानी सज्दा,
मलाई पनि हेर्न मन छ
आर्यघाट पारी बसी
एक्लै आँखा सेक्न मन छ
कात्रो मुनि खुट्टा धुदा
आफ्नो पाऊ हेर्न मन छ
दुइ घन्टे रमिता त्यो
मलाई हेर्दै नाच्न मन छ
आफ्नो चिताको सिरानी सज्दा,
मलाई पनि हेर्न मन छ
मलामीको संख बज्दा
मलाई पनि सुन्न मन छ
राम नाम सत्य नै छ
मलाई पनि भन्न मन छ
आफ्नो चिताको सिरानी सज्दा
मलाई पनि हेर्न मन छ
आधा रातमा बलोस चिता
केहि छिन् को उज्यालो बन्न मन छ
आफ्नो चिता को सिरानी सज्दा
मलाई पनि हेर्न मन छ
आफ्नो चिताको सिरानी सज्दा
मलाई पनि हेर्न मन छ।
कृपेश घिमिरे,काठमाडौं