भारतमा कोरोना सङ्क्रमणमा पुनः बृद्धि

भारतमा कोरोना सङ्क्रमणमा पुनः बृद्धि

२०७९, श्रावण १८ बुधवार

  • 853
    SHARES

  • भारतमा कोरोना सङ्क्रमणमा पुनः बृद्धि

    नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । 

    देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ ।  गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः बृद्धि भएको देखिएको छ  ।
     
    देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार आठ सय २३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ८३ तीन हजार  छ सय १० पुगेको छ । 

    हिजो २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ७७ जनाको मृत्यु भएको छ । 
     
    महामारी सुरु भएयता ८७ करोड ७६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ८४ लाख ३० हजार  सात सय ३२ मात्रा खोप लगाइएको छ ।एजेन्सी ।

    २०७९, श्रावण १८ बुधवार०७:४२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार