काठमाडौं । वि.सं.२०७८ सालको एसईई परीक्षामा काठमाडौं जिल्लाबाट ८ वटा विद्यालयले जिपिए ४ ल्याएका छन् ।
देशभरबाट ४२ जना विद्यार्थीले जिपिए ४ ल्याउँदा काठमाडौं जिल्लाका आठ विद्यालयका १० जना छात्रछात्राले जिपिए ४ ल्याएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय काठमाडौंका अनुसार निम्न विद्यालयले जिपिए ४ प्राप्त गरेका हुन् । जस अनुसार :
१. सिद्धार्थ बनस्थली इन्स्टिच्युट, बनस्थली - १
२. रोडोडेन्ड्रन इन्टरनेशनल इंग्लिस स्कुल, चन्द्रागिरी - १
३. विद्या व्यायाम इंग्लिस स्कुल, गोकर्णेश्वर - १
४. मिनिल्याण्ड इंग्लिस स्कुल, डाँछी -१
५. नोबल एकेडेमी बानेश्वर - १
६. रिलायन्स को एड स्कुल, कपन - २
७. इलिक्सर एकेडेमी कुमारीगाल - २
८. शान्ति पाठशाला, कागेश्वरी मनोहरा -१