नेपाली नागरिकलाई जापान प्रवेशमा सहजीकरण !

नेपाली नागरिकलाई जापान प्रवेशमा सहजीकरण !

२०७९, श्रावण १९ बिहिवार

  • 1.9K
    SHARES

  • नेपाली नागरिकलाई जापान प्रवेशमा सहजीकरण !

    काठमाडौँ । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले बिहीबार संयुक्त कार्यसमितिको बैठक बस्दैछ । 

    काठमाडौँमा बस्ने सो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् ।

    जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।  

    बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा बृहत् छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने उनले बताए । संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो । 

    पहिलो बैठकको सहमतिअनुसार जापानमा केयरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेन्टमा करिब ८५० नेपालीले रोजगारी प्राप्त गरेका छन् । 

    सन् २०१९ मा नेपाल र जापानबीच ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लु) प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी श्रम समझदारी भएको थियो । सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ । 

    २०७९, श्रावण १९ बिहिवार०८:१६:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार