आज देशैभर हल्कादेखि भारी वर्षाको सम्भावना 

आज देशैभर हल्कादेखि भारी वर्षाको सम्भावना 

२०७९, श्रावण १९ बिहिवार

  • 1.3K
    SHARES

  • आज देशैभर हल्कादेखि भारी वर्षाको सम्भावना 

    काठमाडौँ । हाल देशभरको मौसममा सामान्य बदली भइरहेको छ। आज देशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुासर गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यसका कारण बाढी-पहिरोको जोखिम हुनसक्ने भन्दै महाशाखाले सतर्क रहन समेत आग्रह गरेको छ।

    २०७९, श्रावण १९ बिहिवार०८:४६:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार